तीन वर्षभित्र पार्टीलाई ‘चन्दामुक्त’ बनाउन विप्लवको कार्यकर्तालाई निर्देशन-Sutra News

तीन वर्षभित्र पार्टीलाई ‘चन्दामुक्त’ बनाउन विप्लवको कार्यकर्तालाई निर्देशन

शनिबार, १६ साउन २०७८

शनिबार, १६ साउन २०७८

भूमिगत राजनीतिबाट खुला राजनीतिमा आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अबको तीन वर्षभित्र पार्टीलाई चन्दामुक्त बनाउन निर्देशन दिएका छन् ।



आफ्ना नेता तथा कार्यकर्तालाई उनले श्रम गरेर खान र चन्दा नउठाउन निर्देशन दिएका हुन् । उनी आफैं पनि श्रमसँगै राजनीति गर्ने भन्दै काठमाडौँको वरिपरी भाडामा जग्गा खोजिरहेका छन् ।

अहिलेसम्म नेकपाको मुख्य आर्थिक स्रोत चन्दा नै हो । चन्दा उठाएर पार्टी चलाउँदा पार्टीको उठाएको मुद्दा कमजोर हुने विप्लवको बुझाइ छ ।

पार्टीमा लागेका प्रत्येक कार्यकर्ताले श्रम गर्नुपर्ने र त्यही श्रमबाट निश्चित रकम पार्टीलाई लेबी तिर्नुपर्ने भन्दै विधान संशोधन गर्ने तयारीसमेत नेकपामा भइरहेको छ ।

‘व्यापारी र व्यवसायीहरूसँग चन्दा उठाउँदा पार्टीको मुद्दा कमजोर हुने मात्र होइन, पार्टीमा अपारदर्शितासमेत मौलाएको महासचिवले ब्रिफिङ गर्नुभएको छ,’ नेकपाका एक केन्द्रीय सदस्यले सूत्रन्यूजसँग भने, ‘त्यसैले अब सबै पार्टी पंक्ति श्रममा होमिन्छ । श्रमसँगै राजनीति गर्ने महासचिवको निर्देशन छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट