रसुवा अस्पतालमा सङ्कट व्यवस्थापन केन्द्र स्थापना-Sutra News

रसुवा अस्पतालमा सङ्कट व्यवस्थापन केन्द्र स्थापना

शनिबार, १६ साउन २०७८

शनिबार, १६ साउन २०७८

रसुवा- हिंसामा परेका महिलालाई संरक्षण एवं उपचार सेवा प्रदान गर्न जिल्ला अस्पतालले पहिलोपटक सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरेको छ ।



श्रीमान्ले घरबाट निकाला गरेका, बलात्कारमा परेका र अन्य घटनाबाट ग्रसित भएका महिलालाई अस्पतालले उपचार, खानपिन, बसोबास एवं मनोपरामर्श सेवासमेतका कार्य एकीकृतरूपमा अगाडि बढाएको हो ।

जिल्लाभित्र पर्नसक्ने घटनाको तत्काल समाधान गर्न अस्पतालले पहिलो पटक सञ्चालनमा ल्याएको व्यवस्थापन केन्द्र जिल्लावासीका लागि हितकारी हुने आशा जगाएको छ ।

एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना भएलगत्तै १२ हिंसापीडित महिलाले यस्ता सुविधा प्राप्त गरिसकेको बताइएको छ ।

उपचार सेवामा कार्यरत डा.कौसिक सापकोटाका अनुसार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा पीडित महिलालाई राखी २४ सै घण्टा उपचार सेवा प्रदान गरी कम्तीमा १० दिन अस्पताल हातामै राखिने छ ।

बलात्कार, यौनजन्य दुव्र्यवहारका साथै बालविवाह एवं जबर्जस्ती विवाह भएका, मानसिक तथा परम्पराको रूढीबादीका आधारमा दुव्र्यवहार भएका महिलालाई समेत उक्त सुविधा प्रदान गरिएको छ ।

त्यस्ता घटनामा परेका सबैलाई खाने बस्नेका साथै स्वास्थ्य परीक्षण, विधि विज्ञान तथा चिकित्साजन्य कानूनी परीक्षण, घाउचोटको उपचार, मानसिक तनाव कम गराउने मनोसामाजिक परामर्श जस्ता विविध सेवा उपलब्ध गराइएको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट