काठमाडौं- अमेरिकी मिलेनियम च्यालेन्ज सहयोग (एमसीसी) राष्ट्रको हितमा नभएको भन्दै विरोध प्रदर्शन भएको छ ।
स्वतन्त्र राष्ट्रिय अभियान नेपालले शनिबार काठमाडौँको माइतीघरमा एमसीसी खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।
उनीहरुले एमसीसी राष्ट्रको हितमा नरहेको भन्दै यसलाई खारेज गर्नुपर्ने बताए ।
प्रदर्शनकारीले एमसीसी चाइदैन आमा बेच्न पाइँदैन, राष्ट्रघातिहरु होसियार, एमसीसी सांसदहरु होसियार लगाएतका व्यानर प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा सहभागीहरुले एमसीसी अहिलको प्राथमिकता नभएको भन्दै विरोध गरेको बताएका थिए ।
उनीहरुले एमसीसीलाई अघि बढाए चुप लागेर नबस्ने चेतावनी पनि दिएका छन् ।