काठमाडौं- ‘बृहत नागरिक आन्दोलन’ले शनिबार काठमाडौंमा खबरदारी मार्च पास गरेको छ ।
‘जनताका लागि लोकतन्त्र’ भन्दै माइतीघरदेखि बानेश्वरसम्म ‘बृहत नागरिक आन्दोलन’ले पार्च पास गरिएको हो ।
उनीहरुले ‘बिपी प्रतिष्ठान बचाउ र बदल’ भन्दै खबरदारी गरिएको थियो । पार्च पासमा सहभागीहरुले ‘दलितलाई बाटोमै छोड्ने, दातालाई बाटोमै टिप्ने’, ‘देशकै ठूलो शिक्षण अस्पताल ठप्प छ, भ्रष्टाचारले देश ग्रस्त छ’, ‘दक्षिणपन्थी सल्बलाउँदैछ, सत्ता गठबन्धन अल्मलिँदैछ’ लगायत लेखिएको पम्पलेट प्रदर्शन गरेका थिए ।
नागरिकको स्वास्थ्यजस्तो बिषयमा पनि राजनीति गर्न खोजिएको भन्दै मार्चपास गरिएको अभियान्ता डा.जीवन क्षेत्रीले बताए ।
मार्चपासका क्रममा सहभागीहरुले कविता तथा गीत गाएका थिए ।