गोकुल बास्कोटा भन्छन्– माधव नेपाललाई अध्यक्ष दिन मिल्दैन, मिल्दैन मिल्दैन-Sutra News

गोकुल बास्कोटा भन्छन्– माधव नेपाललाई अध्यक्ष दिन मिल्दैन, मिल्दैन मिल्दैन

आइतबार, १७ साउन २०७८

आइतबार, १७ साउन २०७८

काठमाडौं- नेकपा एमालेका नेता गोकुल बास्कोटाले वरिष्ठ नेता माधव नेपाललाई अध्यक्ष बनाउन मिल्दै नमिल्ने जिकिर गरेका छन् ।



पार्टीमा एकता कायम गर्न ओली समूहमा नेता नेपाललाई दोस्रो अध्यक्ष बनाउने कि भन्ने चर्चाबीच पूर्वमन्त्रीसमेत रहेका बास्कोटाले उनलाई अध्यक्ष पद दिन कुनै हालतमा नमिल्ने बताएका हुन् ।

माधव नेपाल पक्षले शनिबार काठमाडौंमा अखिल फोर्सको राष्ट्रिय भेला गर्दै शक्ति प्रदर्शन गरेको थियो ।

त्यसलाई पनि नेता बास्कोटाले ‘चल्ला कोरल्न नसक्ने अण्डा फुटाउने शक्ति’ प्रदर्शनको संज्ञा दिएका छन् ।

‘खुसी लाग्यो शक्ति प्रदर्शन भएछ । तर चल्ला कोरल्न नसक्ने अण्डा फुटाउने प्रदर्शनको के अर्थ,’ बास्कोटाले सामािजक सञ्जालमा लेखेका छन्, ‘एउटा कुरा स्पष्ट छ कि विधि पद्धिति अनुसार अनसन नै बसे पनि अध्यक्ष दिन मिल्दैन, मिल्दैन मिल्दैन । जसले जे बुझ्नुपर्छ बुझ्ने जे गर्न मन लाग्छ सो गर्ने ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट