एमालेमा कलहः एकताभन्दा पार्टी विभाजन उन्मुख-Sutra News

एमालेमा कलहः एकताभन्दा पार्टी विभाजन उन्मुख

आइतबार, १७ साउन २०७८

आइतबार, १७ साउन २०७८

काठमाडौं- दोस्रो तहका नेता पार्टी एकता गर्न प्रयासरत छन् । तर अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालको बोली र क्रियाकलाप भने एकताभन्दा पार्टी विभाजन उन्मुख छन् ।



शनिबार ओली र नेपाल छुट्टाछुट्टै कार्यक्रममा सहभागी भए, दुवैले एकताभन्दा एकता विरोधी अभिव्यक्ति दिए । दुवै नेताका गतिविधिले अब एक ठाउँ बस्न नसक्ने झल्को दिन्थ्यो ।

गोकुल बास्कोटा भन्छन्– माधव नेपाललाई अध्यक्ष दिन मिल्दैन, मिल्दैन मिल्दैन गोकुल बास्कोटा भन्छन्– माधव नेपाललाई अध्यक्ष दिन मिल्दैन, मिल्दैन मिल्दैन

ओली शनिबार काठमाडौं जिल्ला कमिटीको विस्तारित बैठकमा पुगे भने वरिष्ठ नेता नेपाल युथ फोर्सको समानान्तर रुपमा गठन गरिएको अखिल फोर्सको भेलामा गए । दुवै जना शक्ति प्रदर्शनमा लागेका छन् । 

एमालेभित्रको एकता अहिले ‘हस्ताक्षर’ मा आएर अड्किएको छ । निर्वाचन आयोगलगायत अन्य सबै निकायमा पार्टीका तर्फबाट हुने पत्राचारमा दुवै नेता ओली र नेपालको संयुक्त हस्ताक्षर रहनुपर्ने भन्ने विषयमा कुरा मिल्न सकिरहेको छैन ।

आगामी महाधिवेशनसम्म पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको संयुक्त हस्ताक्षरमा काम हुनुपर्ने नेपाल पक्षको मागमा ओली असहमत हुँदा विवाद निरूपणमा समस्या आएको हो ।

‘एमालेभित्र पार्टी अध्यक्ष ओली सरह नै नेता नेपालको हस्ताक्षरले पनि वैधता पाउनुपर्ने भन्ने विषयमा एकता अड्किएको छ,’ एमाले स्रोतले भन्यो ।

आफू दोस्रो अध्यक्ष नहुने तर आफूनिकट कार्यकर्तामाथि भेदभाव हुन सक्ने र जसको नकारात्मक असरले आगामी निर्वाचनमा उनीहरू अन्यायमा पर्न सक्ने भन्दै संयुक्त हस्ताक्षर आवश्यक रहेको प्रस्ताव नेता नेपालले अघि बढाएका थिए।

एमाले विधानले दोस्रो अध्यक्ष नचिन्ने भएकाले पार्टीभित्रको विवाद मिलाउने कुरामा कार्यदलले तय गर्ने तर केन्द्रमा भने समान हस्ताक्षर आवश्यक रहेको नेता नेपालको भनाइ रहँदै आएको छ ।

कोही पनि अन्यायमा नपरून् भन्ने नेता नेपालको चाहना रहेकाले त्यस्तो सर्त अघि सारिएको उनीनिकट एक नेताले बताए । तर ओली र उनको समूहमा रहेका केही नेताले सो विषयलाई नरुचाएको बताइएको छ । पत्रपत्रिकाबाट

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट