काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी, नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले भेटवार्ता गरेका छन् ।
बालुवाटारमा शनिबार साँझ भएको भेटमा सरकार विस्तारलगायत विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री देउवाले गत असार २९ गते पद तथा गोपनीयताको शपथ लिए पनि शपथ लिएको १९ दिन बितिसक्दा समेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।
कांग्रेस, माओवादी केन्द्र र जसपाबीच सत्ता समीकरणमा मन्त्रालयको भागबण्डामा कसलाई कुन मन्त्रालय जिम्मेवारी दिने भन्ने विषयमा टुङ्गो लाग्न बाँकी छ ।
करिब एक घण्टा चलेको छलफलमा मन्त्रिपरिषद् विस्तारसँगै जनताका दैनन्दिन समस्या सम्बोधनका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।