काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्ने भएको छ । विघटित कार्यदलका नेताहरुले एकताका लागि आवश्यक छलफल गर्न आवश्यक रहेको भन्दै शनिबार बोलाइएको बैठक स्थगित गर्न माग गरेसँगै हिजोको बैठक आज बस्ने भएको हो ।
आज बस्ने भनिएको बैठकमा माधकुमार नेपाल पक्ष उपस्थित नभए पनि बैठक नरोकिने एमालेले जनाएको छ ।
आजको बैठकमा विधान महाधिवेशनको तयारी, केन्द्रीय विभागहरु गठन र सदस्यता नविकरणलगायत अन्य विषयहरुमा छलफल हुने बताइएको छ ।
एमाले एकताका लागि पछिल्लो समय अध्यक्ष केपी शर्मा ओली लचकदार देखिएका छन् तर माधव समूहका नेताहरुले भने केही अडानहरु अझै कायम राखेका छन् ।
माधव नेपाल समूहका नेताहरुको अडानका कारण एमाले एकताले टुंगो पाउन नसकेको ओली पक्षका नेताहरुको दाबी छ ।