नेकपा (माओवादी केन्द्र)ले स्थायी समितिको बैठक बोलाएको छ ।
बैठक केहीबेरमा बस्ने एक नेताले जानकारी दिए ।
आजको बैठकमा आगामी साउन २० गतेदेखि सुरु हुन लागेको केन्द्रीय समितिको बैठकको एजेण्डामा छलफल हुने बताइएको छ ।
त्यस्तै आजको बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुनेछ ।
माओवादीले नेपाली काँग्रेसको सरकार बनाउन सहयोग गरेको थियो । माओवादी पनि सरकारमा सहभागी हुँदैछ । सरकारमा सहभागी हुने मन्त्रीको नामको टुंगो लगाउन पनि माओवादीले गृहकार्य सुरु गरेको छ ।