सभामुख सापकोटाको निर्देशनपछि सांसदहरुको तलब भत्ता सरकारी बैंकबाट-Sutra News

सभामुख सापकोटाको निर्देशनपछि सांसदहरुको तलब भत्ता सरकारी बैंकबाट

आइतबार, १७ साउन २०७८

आइतबार, १७ साउन २०७८

काठमाडौँ । सांसदहरूको तलब भत्ता अब राष्ट्रिय वाणिज्य बैंकमार्फत् भुक्तानी हुने भएको छ ।



राष्ट्रिय वाणिज्य बैंक सरकारको स्वामित्व रहेको बैंक हो । यसअघि संघीय स‌ंसद् सचिवालयले सांसदहरूको तलब भत्ता निजी बैंकमार्फत् उपलब्ध गराउँदै आएको थियो। 

संघीय संसद सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसअघि संघीय संसद्को बैठकमा माननीय सदस्यहरूले पटक पकट सरकारी खाता निजी बैंकमार्फत् सञ्चालन गरिएको विषय उठाउनु भएको र अन्य सार्वजनिक कार्यक्रमहरु र सञ्चारमाध्यमहरुमा समेत यो विषय उठान भएको थियो । यस विषयमा कुरा उठे पनि कार्य प्रगति हुन सकिरहेको थिएन ।

अग्निप्रसाद सापकोटाको निर्देशन बमाेजिम संघीय संसद् सचिवालयले २०७७ मंसिर १८ गते सरकारी कारोबार गर्ने बैंक परिवर्तन गरी पूर्ण सरकारी स्वामित्व भएको बैंक, राष्ट्रिय वाणिज्य बैंकमार्फत् गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो ।

Sansad-talab.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट