ओलीविरुद्ध लडेका जनताहरु देउवाविरुद्ध पनि लड्छन्- गोविन्द केसी-Sutra News

ओलीविरुद्ध लडेका जनताहरु देउवाविरुद्ध पनि लड्छन्- गोविन्द केसी

आइतबार, १७ साउन २०७८

आइतबार, १७ साउन २०७८

डाक्टर गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले स्वास्थ्य राज्यमन्त्रीमा व्यवसायी उमेश श्रेष्ठलाई नियुक्त गरेको भन्दै आपत्ति जनाएका छन् ।



उनले देउवा सरकारले नराम्रो काम गरेको भन्दै उनीविरुद्ध जनताहरु छिटै नै आन्दोलनमा उत्रने तर्क गरेका छन् ।

केहीदिन अगाडी एक कार्यक्रममा बोल्दै डाक्टर केसीले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लड्ने जनताहरु देउवाविरुद्ध पनि लड्नसक्ने बताए ।

कार्यक्रममा बोल्दै उनले भने, ‘ओली सरकारसँग धेरै लडियो केही हदसमम जित पनि भयो, ओली सरकारविरुद्ध लड्ने जनता देउवा सरकारसँग पनि लड्छन् ।’  

उनले केही दिन अगाडी श्रेष्ठलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्रीलाई खबरदारी पत्रसमेत लेखेका थिए ।

उनले देउवा सरकारले केही राम्रो काम गर्ला भन्ने आफूले आश राखेको तर देउवाको सुरुकै कामले आफू निराश भएको बताएका छन् ।

एक कार्यक्रममा बोल्दै उनले देउवा ५ औं पटक प्रधानमन्त्रीमा नियुक्त हुँदा पनि बुद्धि नपलाएको व्यंग गरे ।

‘देउवा प्रधानमन्त्री भएको पाँचौंपटक भयो, यीनले केही गर्छन की जस्तो लागेको थियो, पाँचौपटक प्रधानमन्त्री बन्दा अलिकति बुद्धि पलाउँछ भनेको त झन्..बुद्धि भएको पलाउनु ?’ उनले भने ।

श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेपछि यतिबेला विरोध आइरहेको छ ।

उनले बुधबारको सत्ता गठबन्धनको बैठकमा आफूले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकोमा माफी समेत मागिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट