यसकारण रोक्न हुँदैन हाच्छिउँ, यस्ता छन् रोचक कुरा-Sutra News

यसकारण रोक्न हुँदैन हाच्छिउँ, यस्ता छन् रोचक कुरा

आइतबार, १७ साउन २०७८

आइतबार, १७ साउन २०७८

हामी सबैलाई हाच्छिउँ बेलाबेलामा आईनै रहन्छ । तर कुनै समयमा मानिसहरु बिभिन्न कारणले गर्दा हाच्छिउँ लाई रोक्न बाध्य हुन्छन् । तर हाच्छिउँ रोक्ने हाम्रो बानी स्वास्थ्यका लागि हानिकारक मान्ने गरिएको छ । हाच्छिउँ रोक्नु मानिसको लागि कहिले काँहि प्राणघातक हुन सक्दछ ।



हाच्छिउँलाई रोक्न खोज्दा मानिसको कान र मस्तिष्कमा ठूलो असर पर्न सक्ने डाक्टरहरुले बताउने गरेका छन् ।

हाच्छिउँलाई खोज्दा कानको जालीमा असर पर्न सक्दछ भने मस्तिष्कको नसा फाट्न पनि सक्दछ। त्यसैले डाक्टरहरु हाच्छिउँलाई रोक्न नहुने बताउछन् ।

हाच्छिउँ गर्दाका रोचक कुरा

१. हाच्छिउँ गर्दा निस्कने किटाणुहरु ९ मिटर अर्धव्यासको क्षेत्रसम्म फैलन सक्दछ।

२. हाच्छिउँ गर्दा निस्कने वायु, पानी तथा धुलोका कणका गति १६० किलोमिटर प्रतिघन्टासम्म पुग्न सक्दछ।

३. हाच्छिउँ गर्दा मुटुको धडकनको गति पूर्ण रुपले बन्द त हुँदैन तर घट्दछ ।

४. धुवाँ, धुलो, चिसो एलर्जी बाहेक सूर्यको किरण पनि हाच्छिउँको कारण बन्न सक्दछ। करीब चार मध्ये एक जनामा यो प्रभाव देखिन्छ।

५. हाच्छिउँ गर्दा शरीरको सिस्टम रि स्टार्ट हुन्छ र शरीरमा स्फुर्ति ल्याउँछ।

६. हाच्छिउँ गर्दा हाम्रो आँखा आफै बन्द हुने गर्दछ ।

७. नाक भित्र रहेका खराब पदार्थ एकै पटक बाहिर ननिस्कने हुँदा हाच्छिउँ दुई तीन पटकसम्म लगातार आउन सक्छ।

एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट