एमालेको माधव पक्ष र जसपाका कारण मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो- नारायणकाजी श्रेष्ठ-Sutra News

एमालेको माधव पक्ष र जसपाका कारण मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो- नारायणकाजी श्रेष्ठ

आइतबार, १७ साउन २०७८

आइतबार, १७ साउन २०७८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीका कारण मन्त्रिपरिषद विस्तार हुन नसकेको बताएका छन् ।



आइतबार बसेको माओवादीको स्थायी समिति बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता श्रेष्ठले यस्तो बताएका हुन् ।

‘जसपा र माधव नेपालपक्षलाई पर्खिएकाले मन्त्रिपरिषद् विस्तारका विषयमा ढिला भइरहेको छ। केही समय माग्नु भएको छ।’ उनले भने ।

नेता श्रेष्ठका अनुसार आज अध्यक्ष प्रचण्डले गठबन्धनका नेताहरुसँग छलफल गर्नेछन् ।

आजको स्थायी कमिटीको बैठकमा मन्त्री छान्ने विषयमा कुनै पनि छलफल नभएको उनले बताए । मन्त्री छान्नका लागि भोलि दिउँसो ३ बजे फेरी स्थायी कमिटीको बैठक बोलाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट