प्रचण्डको विश्लेषण- एमालेको माधव समूह पनि सरकारमा सहभागी हुन्छ-Sutra News

प्रचण्डको विश्लेषण- एमालेको माधव समूह पनि सरकारमा सहभागी हुन्छ

आइतबार, १७ साउन २०७८

आइतबार, १७ साउन २०७८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको माधवकुमार नेपाल समूह पनि सरकारमा सहभागी हुने संकेत गरेका छन् ।



आइतबार बसेको स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले माधव समूह पनि सरकारमा सहभागी हुने बताएका हुन् ।

स्थायी कमिटीको बैठक सुरु हुनुअघि प्रचण्ड माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।

आजको स्थायी कमिटीको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो भने लगाएको छैन ।

प्रवक्ता श्रेष्ठले एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीका कारण मन्त्रिपरिषद विस्तार हुन नसकेको बताएका छन् ।

‘जसपा र माधव नेपालपक्षलाई पर्खिएकाले मन्त्रिपरिषद् विस्तारका विषयमा ढिला भइरहेको छ। केही समय माग्नु भएको छ।’ उनले भने ।

नेता श्रेष्ठका अनुसार आज अध्यक्ष प्रचण्डले गठबन्धनका नेताहरुसँग छलफल गर्नेछन् ।

आजको स्थायी कमिटीको बैठकमा मन्त्री छान्ने विषयमा कुनै पनि छलफल नभएको उनले बताए । मन्त्री छान्नका लागि भोलि दिउँसो ३ बजे फेरी स्थायी कमिटीको बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट