आइतबार नेप्से स्थिर, १२ अर्ब बढी रकमको शेयर किनबेच-Sutra News

आइतबार नेप्से स्थिर, १२ अर्ब बढी रकमको शेयर किनबेच

आइतबार, १७ साउन २०७८

आइतबार, १७ साउन २०७८

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक स्थिर रहेको छ ।



आज नेप्से जम्मा १ दशमलव २५ अंक बढेर नेप्से परिसूचक ३ हजार ८१ दशमलव शून्य ५ विन्दुमा बन्द भएको छ ।

आइतवार रू. १२ अर्ब १० करोड ३८ लाख ७१ हजार बराबरको ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता शेयर कारोबार भएको छ ।

यस दिन सर्वाधिक रकमको कारोबार गर्ने पाँच कम्पनीहरुमा जलविद्युत कम्पनीहरुनै रहेका छन् ।

आज सिनर्जी पावर, कालिका पावर, घलेम्दी हाइड्रो, युनिभर्सल पावर, ग्रीन लाईफ हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट