काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटिको बैठक सुरु भएको छ ।
ललितपुरका च्यासलस्थित तुलसी लाल स्मृति भवनमा सुरु भएको बैठकमा माधव कुमार नेपाल समूह भने उपस्थित भएको छैन ।
ओली पक्षीय स्थायी कमिटीको बैठकमा बामदेव गौतम भने उपस्थित भएका छन् ।
शनिबार स्थगित भएको बैठक आज बस्न लागेको हो । छलफलका लागि थप समय आवश्यक भएकोले कार्यदलका नेताहरुले आग्रह गरेपछि हिजो शनिबार बस्ने भनिएको बैठक स्थगित भएको थियो ।
एमाले एकताका लागि दोस्रो तहका नेताहरुले जोडबल गरे पनि अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालको कारण एकताले पुर्णरुप पाउन अझै सकेको छैन ।