देउवा नेतृत्वको ‘दादागिरी’ सरकारको प्रतिवाद र आवश्यक परे प्रतिरोध पनि गर्छौ- ओली-Sutra News

देउवा नेतृत्वको ‘दादागिरी’ सरकारको प्रतिवाद र आवश्यक परे प्रतिरोध पनि गर्छौ- ओली

आइतबार, १७ साउन २०७८

आइतबार, १७ साउन २०७८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले दादागिरी देखाउन लागेको आरोप लगाएका छन् ।



आइतबार आइतबार तुलसीलाल अमात्यको २४ औं स्मृतिका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले यस्तो आरोप लगाएका हुन् ।

उनले देउवा सरकारले दमन र दादागिरी देखाउन लागेको भन्दै आवश्यक परे आफूहरुले सरकारको प्रतिरोध गर्ने पनि बताएका छन् ।

कार्यक्रममा बोल्दै ओलीले आफ्नै पार्टीका केही नेताहरुको स्वार्थका कारण आफ्नो सरकार ढलेको दुख पोखे ।

उनले एमालेको माधव पक्षलाई ‘बेसरम’ को संज्ञा दिएका छन् । कार्यक्रममा बोल्दै उनले भने, ‘आफ्नै पार्टीको सरकार ढालेर प्रतिपक्षमा पुगेर बेसरम कामहरु भएका छन् ।’

उनले देउवा नेतृत्वको सरकारले दमन गर्न सुरु गरेको आरोपसमेत लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट