गृहले बनायो दार्चुला घटना छानबिनका लागि समिति-Sutra News

गृहले बनायो दार्चुला घटना छानबिनका लागि समिति

आइतबार, १७ साउन २०७८

आइतबार, १७ साउन २०७८

काठमाडौं- भारतीय एसएसबीले तुइन काटेर नेपाली नागरिकको हत्या गरिएको भन्ने सन्दर्भमा छानबिन गर्न गृह मन्त्रालयले एक समिति गठन गरेको छ ।



गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलका अनुसार दार्चुला घटनाको छानबिन गर्नका लागि सहसचिव जनार्दन गौतमको संयोजकत्वमा एक समिति गठन गरिएको हो ।

महाकालीको तुइन काट्ने भारतीय एसएसबीविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन महाकालीको तुइन काट्ने भारतीय एसएसबीविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन

गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक (डीआईजी) हुतराज थापा, सशस्त्रका एसएसपी सुरेश कुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी सदस्य रहने गरी ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

भारतीय सीमा सुरक्षा बलले महाकाली नदी तर्दातर्दै तुइन नै काटिदिए, एक नेपाली बेपत्ता भारतीय सीमा सुरक्षा बलले महाकाली नदी तर्दातर्दै तुइन नै काटिदिए, एक नेपाली बेपत्ता

घटनाबारे सत्यतथ्य बुझेर प्रतिवेदन पेश गर्न उनीहरुलाई १० दिनको समय दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट