रामकृष्ण ढकाल र वेनिशा पौडेलको स्वरमा मार्मिक गीत ‘नयाँ जीवन’ [भिडियो]-Sutra News

रामकृष्ण ढकाल र वेनिशा पौडेलको स्वरमा मार्मिक गीत ‘नयाँ जीवन’ [भिडियो]

आइतबार, १७ साउन २०७८

आइतबार, १७ साउन २०७८

काठमाडौं- रामकृष्ण ढकाल र वेनिशा पौडेलको स्वरमा मार्मिक गीत ‘नयाँ जीवन’ सार्वजनिक भएको छ ।



शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण ब्यानर ‘स्वाँर फिल्मस्’ ले उक्त गीति भिडियो रिलिज गरेको हो ।

भिडियोलाई निर्देशक बिक्रम स्वाँरले फिल्मी शैलीमा प्रस्तुत गरेका छन् ।

दुर्घटनावस् एउटा खुट्टा गुमाउन बाध्य कलाकार प्रकाश सपुत र मोडल मोनिका बुढाथोकीबीचको दुःखद रिल कहानीलाई निर्देशक स्वाँरले मार्मिक रुपमा पर्दामा उतारेका छन् ।

भिडियोमा कालु राणालाई नेगेटिभ क्यारेक्टरमा प्रस्तुत गरिएको छ ।

चक्र पुलामी र नेशनल तिखत्रीको कोरियोग्राफी रहेको भिडियोलाई तारा थापा ‘किम्भे’ ले सम्पादन गरेका हुन् ।

छायांकन नवराज उप्रेतीले गरेका छन् । रेनिश फागोले कलरको काम गरेका छन् ।

अडियोतर्फ संगीत दीपक शर्माको छ भने शब्द निशा अर्यालले लेखेकी छिन् । एरेञ्ज पुरुषोत्तम सुवेदीको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट