कालीगण्डकीमा बेपत्ता दुई बालक अझै भेटिएनन्-Sutra News

कालीगण्डकीमा बेपत्ता दुई बालक अझै भेटिएनन्

आइतबार, १७ साउन २०७८

आइतबार, १७ साउन २०७८

बागलुङ- बागलुङ नगरपालिका-१ निरयघाटस्थित कालिगण्डकी नदीमा गत बिहीबार दिउँसो पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका दुई बालकको स्थिति अझै पत्ता लाग्न सकेको छैन ।



नदीमा बेपत्ता बागलुङ-४ उपल्लाचौरका १३ वर्षीय अभिषेक विक र यमबहादुर पुनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटना थाहा हुनासाथ प्रहरी र बेपत्ताका आफन्तजन खोजी कार्यमा जुटे पनि अझै नभेटिएको जिप्रकाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए । 

‘खोजी निरन्तर चलिरहेको छ, अझै केही थाहा हुन सकेको छैन’, उनले भने ।

बेपत्ता दुईसहित उपल्लाचौरका चार बालक बिहीबार दिउँसो १ बजेतिर पौडी खेल्न कालीगण्डकीमा पुगेका थिए ।

सँगै गएका १० वर्षीय प्रश्न विक र १२ वर्षीय विशन पुन भने सोही दिन नै सकुशल सम्पर्कमा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट