स्याउ खानुहाेस् यस्ता फाइदा हुन्छन्-Sutra News

स्याउ खानुहाेस् यस्ता फाइदा हुन्छन्

सोमबार, १८ साउन २०७८

सोमबार, १८ साउन २०७८

स्याउ चिसो स्थानमा पाइने फल हो । सामान्यतया यसको रंग रातो वा हरियो हुन्छ । नेपालको कर्णाली प्रदेशअन्तर्गत विशेष गरी जुम्ला जिल्लामा प्रशस्त मात्रामा स्याउ पाइन्छ ।



यसलाई कर्णालीमा आर्थिक विकासको आधार पनि मानिन्छ । स्याउ खेतिलाई आधुनिक तरिकाले बगैँचा प्रणालीलाई स्तर उनती गरी प्रयोयमा ल्याउन सकेमा यसले देशकै आर्थिक विकासलाई पनि टेवा पुर्याउन सक्छ ।

स्याउ शरीरका लागि पनि फाइदाजनक छ ।

-स्याउमा भएको फाइबरले नराम्रो कोलेस्ट्रेलको शोषणलाई कम गर्छ । 

– स्याउमा फाइबर र भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । जुन हाम्रो स्वास्थ्यको लागि लाभदायक हुन्छ ।

– स्याउमा भएको फाइबरले तौल घटाउन मद्दत गर्छ । मुटुमा रगत जम्नबाट जोगाउँछ । 

– स्याउमा प्रयाप्त एक्टिअक्सिडेन्ट, भिटामिन र खनिव तत्वहरू पाइन्छ । जसले रक्तचाप र हृदय रोग बाट बचाउँछ ।

– यसमा पोटासियम प्रशस्त पाइन्छ ।

– स्याउ खानाले मधुमेह, स्नायु रोग र क्यान्सरको रोगको खतरा कम हुन्छ ।

– स्याउमा भएको एन्टिअक्सिडेन्टले रोगकोे प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट