माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै, यी हुन् छलफलका विषय-Sutra News

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै, यी हुन् छलफलका विषय

सोमबार, १८ साउन २०७८

सोमबार, १८ साउन २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । बैठक दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।



एक नेताका अनुसार बैठक सरकारमा सहभागी हुने मन्त्री छान्ने विषयमा केन्द्रित हुनेछ । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा हाल जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री छन् ।

शर्माले अर्थ मन्त्रालय र भुसालले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादीले अझै सात मन्त्रालय पाउने सम्भावना रहेको नेताहरूको भनाइ छ ।

कांग्रेसकोतर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ मात्र सरकारमा सहभागी छन् ।

गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले अझै पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । सत्तासाझेदार अर्को पार्टी जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले पनि मन्त्रीहरुको टुंगो लगाउन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट