काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले वैकल्पिक राजनीति भनेको भूतको त्रासको राजनीति नभएको बताएका छन् ।
सोमबार सामाजीक सञ्जालमा लेख्दै नेता पाण्डेले यस्तो बताएका हुन् ।
साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको प्रस्तावको खुलेरै विरोध गरिरहेका संयोजक पाण्डेले सोही सन्दर्भलाई लक्षित गर्दै भनेका छन्, ‘जसले भविष्य देखाउन सक्दैन, उसले विगतको भूत देख्छ । आफू तर्सिन्छ । अरूलाई पनि तर्साउँछ ।’
केही दिनअघि सोही पार्टीका अध्यक्ष रविन्द्र मिश्रले राजसंस्था ब्युँताउँने, संघीयता खारेज गर्ने प्रस्ताव अघि सारेका थिए ।
मिश्रले सोही प्रस्ताव अगाडी सारेपछि अहिले राजनीतिक दलहरुले विरोध गरिरहेका छन् ।
” नयाँ बिहानी, नयाँ सङ्कल्प “
जसले भविष्य देखाउन सक्दैन। उसले विगतको भूत देख्छ। आफू तर्सिन्छ। अरूलाई तर्साउँछ।
प्रिय साथीहरू, वैकल्पिक राजनीति ‘भूत’को त्रासको राजनीति होइन।
यो त भविष्यको आशा देखाउने राजनीति हो।
यो त सम्भावनाको राजनीति हो।— Milan Pandey (@MilanPandey) August 2, 2021