काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
आवश्यक तयारी नपुगेको कारण बैठक स्थगित गरिएको एक नेताले जानकारी दिए ।
आजको स्थायी कमिटी बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउने कार्यक्रम रहेको थियो ।
माओवादीबाट मन्त्रीका लागि नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, हरिराज अधिकारी, देवप्रसाद गुरुङलगायतको नाम चर्चामा रहेको छ ।
प्रधानमन्त्रीमा नियुक्त भएको यतिका दिनसम्म पनि शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।