एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै, माधव पक्ष होला सहभागी ?-Sutra News

एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै, माधव पक्ष होला सहभागी ?

सोमबार, १८ साउन २०७८

सोमबार, १८ साउन २०७८

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ ।​ 



ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा दिउँसो ३ बजे बैठक बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

आजको बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशन छलफल हुनेछ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको कुनै पनि बैठकमा सहभागी नभएको एमालेको माधव कुमार नेपाल समूह आजको बैठकमा पनि उपस्थित हुने सम्भावना कम रहेको छ ।

एमालेको माधव कुमार नेपालका कारण एमाले एकता अगाडी बढ्न नसकेको आरोप ओली पक्षका नेताहरुले लगाएका छन् ।

नेता नेपालले अध्यक्ष ओली बराबरकै हैसियत खोजिरहेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट