काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने बताएका छन् ।
सोमबार आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले आफू मन्त्री रहने बेलासम्म व्यावसायिक संस्थाबाट राजीनामा दिने पनि उल्लेख गरेका छन् ।
उनि स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएपछि उनलाई बर्खास्त गर्न माग गरिएको थियो ।
उनलाई राज्यमन्त्रीमा नियुक्त गर्नु गल्ती भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले माफीसमेत मागिसकेका छन् ।