लुम्बिनीका मुख्यमन्त्री पोखरेलको पद धरापमा, नयाँ सरकार गठनको आह्वान गर्दै विपक्षी दल-Sutra News

लुम्बिनीका मुख्यमन्त्री पोखरेलको पद धरापमा, नयाँ सरकार गठनको आह्वान गर्दै विपक्षी दल

सोमबार, १८ साउन २०७८

सोमबार, १८ साउन २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई पदबाट हटाएर नयाँ सरकार गठनका लागि विपक्षी दलहरुले प्रदेश प्रमुखलाई निवेदन दिन लागेका छन् ।



विपक्षी दलहरु नेकपा माओवादी तथा नेपाली काँग्रेसलगायतका दलहरुले पोखरेललाई हटाएर नयाँ सरकार गठन गर्न माग गर्दै प्रदेश प्रमुखलाई निवेदन दिने तयारी गरेका हुन् ।

विपक्षी दलले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि आह्वान गर्न तयारी गरिरहेको बताइएको छ ।

त्यसो त मुख्यमन्त्री पोखरेलले अब छिट्टै नै विश्वासको मत लिने बताएका छन् । केही दिन अगाडी बसेको मन्त्रिपरिषदको बैठकपछि सरकारका प्रवक्ताले मुख्यमन्त्रीले छिट्टै नै विश्वासको मत लिने बताएका थिए ।

लुम्बिनीमा पोखरेल नेतृत्वको सरकारको वैधतामाथि विपक्षी दलहरूले निरन्तर प्रश्न उठाईरहेका छन् । उनले अल्पमतको सरकार चलाईरहेको आरोप लागेकै धेरै समय भइसकेको छ । 

यस्तै केन्द्रीय सरकारमा जनता समाजवादी पार्टी जसपाको आधिकारिता उपेन्द्र यादव पक्षले पाएसँगै पोखरेलको पद झन् धरापमा परेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट