संकटमा परेका नेपालले बोलाए आफू पक्षीय नेताहरुको बैठक-Sutra News

संकटमा परेका नेपालले बोलाए आफू पक्षीय नेताहरुको बैठक

सोमबार, १८ साउन २०७८

सोमबार, १८ साउन २०७८

पार्टीको नियमविपरीत विपक्षी दलका नेतालाई विश्वासको मत दिएर सरकार बनाउन सहयोग गरेको एमालेका नेता माधवकुमार नेपालले आफू पक्षीय नेताहरुको भेला बोलाएका छन् ।



उनले सोमबार दिउँसो ३ बजे नयाँ बानेश्वरमा भेला बोलाएको एक नेताले जानकारी दिए ।

पछिल्लो समय एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालको अडानका कारण एमाले एकता हुन सकेको छैन ।

नेपालले अध्यक्ष बराबरकै हैसियतको माग गर्दै आएको भए पनि ओली त्यसमा तयार देखिएका छैनन् ।

माधव समूहले सरकारमा जाने तीव्र इच्छा देखाएपनि एमालेको विवादका कारण सरकारमा जान सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट