कलाकारको धर्म के ?-Sutra News

कलाकारको धर्म के ?

सोमबार, १८ साउन २०७८

सोमबार, १८ साउन २०७८

कोरोनाको समयभन्दा अगाडीको चलचित्र क्षेत्रलाइ याद गर्ने हो भने दिनहुँ जस्तो चलचित्रका निर्माण, नायक नायिकाको खोजि, व्यस्तता बारेमा खुबै समाचार देख्न र सुन्न पाइथ्यो ।



कोरानाको जोखिमले शुन्य बनाएको ‘कलिउड’ र म्युजिक बजार अचेल भने पुन: आफ्नो गति लिने तरखरमा छ । चलचित्रको सट्टामा आजकल म्युजिक भिडियोले करोड क्लब प्रवेश गरेको सुन्न पाइन्छ ।

चलचित्रमा व्यस्त हुने एक कलाकारको जमात अचेल गीतका भिडियोमा व्यस्त हुन थालेका छन् । कतिले यस्तो परिस्थितिमा चलचित्रबाट दर्शकसँग जोडिन नपाए पनि म्युजिक भिडियोबाट जोडिन पाउँदा खुसि लागेको बताएका छन् भने कसैले रोजीरोटिको रुपमा पनि म्युजिक भिडियोलाई आफ्नो व्यवसाय बनाएका छन् ।

यो क्षेत्रलाई चलायमान बनाउन लागि पर्नेको लागि कलाकारले केहि हदसम्म भने साथ नदिएको देख्न सकिन्छ । यसको उदाहरणको लागि केहि दिन आगाडी रिलिज भएको गीत ‘सम्झिने पानी छाम्किने २’ गीत सार्बजनिक कार्यक्रमलाई लिन सकिन्छ ।

निर्माताले मल्टीस्टारर भिडियो निर्माण गरेका छन्, जसमा निर्देशक दिपाश्री निरौला, अभिनेता भुवन केसी, नायिका स्वस्तिमा खड्का, नायक आकाश श्रेष्ठ, मोडल गीता ढुंगाना र निर्माता सम्राट चौलागांई आफैले अभिनय गरेका थिए ।

त्यस्तै गीत गाउने गायिकाको पनि लामो लाइन नै थियो । यसमा गायिका रचना रिमाल, स्मिता दाहाल र ममता गुरुङले गएका थिए । सम्राट आफैले यस गीतको पुरुष भोकल दिएका हुन् ।

यस्तो तरिकाले ठुलै बजेटमा काम गरेका सम्राटले गीत सार्वजनिक गर्ने दिनमा भने दिपाश्री निरौला, भुवन केसी गायिका ममता गुरुङ र बालकलाकारको मात्र साथ पाए । अब कुरा गरौँ नायिका स्वस्तिमा खड्का, नायक आकाश श्रेष्ठको । यदि यो गीत सार्वजनिक कार्यक्रममा यी दुई नायक नायिका उपस्थित भएको भए, यस कार्यक्रमको हाइप नै अर्को स्तरको हुने थियो ।

नायक आकाश श्रेष्ठले स्वास्थ्यमा समस्या भएकोले आउन नसकेको बताएका थिए भने स्वस्तिमा कामले गर्दा भ्याली भित्र थिइनन् । यता २ गायिका स्मिता दाहाल र रचनाको भने खोजि कसैले गरेन । तर जे होस् यसरि ठुलो बजेटमा निर्माताले लगानी आफु माथि गरेपछि कलाकारले पनि आफ्नो धर्म भने छोड्नु हुदैन । अनि कति कलाकार त आफुले गरेको म्युजिक भिडियो बारे बोल्न पनि डराउने गर्छन चाहे त्यो मिडिया संग होस् चाहे आफ्नो सोसल मिडियामा शेयर गर्न । काम गर्नु अगाडी हो सोच्ने त काम गरिसके पछी सोचेर निर्माता तर्सायो भने भोलिको दिनमा निर्माताको खडेरी लाग्ने सम्भावना देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट