दार्चुला घटनाबारे गृहमन्त्रीले भने- अझै १० दिन पर्खनुहोस्-Sutra News

दार्चुला घटनाबारे गृहमन्त्रीले भने- अझै १० दिन पर्खनुहोस्

सोमबार, १८ साउन २०७८

सोमबार, १८ साउन २०७८

काठमाडौँ । सरकारका गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट खसेर एक नेपालीको मृत्यु भएको विषयमा आफूहरु गम्भीर रहेको बताएका छन् ।



राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै नेता खाँणले यस्तो बताएका हुन् ।

उनले घटनाको छानबिनका लागि समिति गठन भैसकेकाे जानकारी दिँदै उक्त समितिको प्रतिवेदन पर्खन पनि आग्रह गरेका छन्। उनका अनुसार प्रतिवेदन आउन अझै १० दिन लाग्नेछ ।

शुक्रबार भारतीय एसएसबीले तुइन काटिदिएपछि दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट