रौतहटको एक विद्यालयमा दुई पक्षबीच झडप, १९ जना घाइते-Sutra News

रौतहटको एक विद्यालयमा दुई पक्षबीच झडप, १९ जना घाइते

सोमबार, १८ साउन २०७८

सोमबार, १८ साउन २०७८

काठमाडौँ । रौतहटको एक विद्यालयमा दुई पक्षबीच झडप हुँदा १९ जना घाइते भएका छन् ।



नामाङ्कन फाराममा फोटो राख्ने विषयमा रौतहटको एक विद्यालयमा दुई पक्षबीच कुटाकुट भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता नारायण चिमोरियाका अनुसार विद्यार्थीको नामाङ्कन फाराममा फोटो राख्ने-नराख्ने विषयमा दुई पक्षबीच झडप भएको हो ।

झडपमा संलग्न दुवै पक्षका १/१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट