गायक दुर्गेश थापालाई बहिष्कार गर्ने लोकदोहोरी प्रतिष्ठानको निर्णय-Sutra News

गायक दुर्गेश थापालाई बहिष्कार गर्ने लोकदोहोरी प्रतिष्ठानको निर्णय

सोमबार, १८ साउन २०७८

सोमबार, १८ साउन २०७८

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक दुर्गेश थापालाई संस्थागत बहिस्कार गर्ने निर्णय गरेको छ ।



प्रतिष्ठानको आइतबार बसेको बैठकले उनलाई संस्थाबाट बहिष्कार गर्ने निर्णय गरेको हो ।

थापाले १० दिनअघि आफ्नै शब्द, संगीत र स्वरमा ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ बोलको गीत सार्वजनिक गरेका थिए ।

गायक दुर्गेशको सो गीत सार्वजनिक गर्नुअघि नै गीतमा प्रयोग भएको शब्द ‘ख्यास्स’ हटाउन प्रतिष्ठानले ध्यानाकर्षण गराएको थियो। प्रतिष्ठानले साउन ७ गते नै दुर्गेशलाई ध्यानाकर्षण पत्र समेत बुझाएको थियो।

तर, दुर्गेशले भने प्रतिष्ठानको अनुरोधलाई बेवास्ता गर्दै शब्द परिवर्तन नगरी ‘ख्यास्स पुतली’ बोलको गीत सार्वजनिक गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट