महन्थ ठाकुरको रिट हेर्न नभ्याइने सूचीमा-Sutra News

महन्थ ठाकुरको रिट हेर्न नभ्याइने सूचीमा

सोमबार, १८ साउन २०७८

सोमबार, १८ साउन २०७८

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकताको विषयलाई लिएर नेता महन्थ ठाकुरले सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ ।



रिटको सुनुवाइका लागि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा तोकिएको थियो ।

जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि नेता ठाकुर सर्वोच्च अदालतमा पुगेका थिए ।

उपेन्द्र यादव पक्षले आधिकारिकता पाएपछि महन्थ ठाकुर दलविहीन बनेका छन् । उनी छुट्टै दल दर्ता गर्ने गृहकार्यमा लागेको नेताहरुले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट