कोभिड युनिफाइड अस्पतालको प्रमुखबाट हटाइए डा. जागेश्‍वर गौतम, प्रसुति गृहमा सरुवा-Sutra News

कोभिड युनिफाइड अस्पतालको प्रमुखबाट हटाइए डा. जागेश्‍वर गौतम, प्रसुति गृहमा सरुवा

सोमबार, १८ साउन २०७८

सोमबार, १८ साउन २०७८

काठमाडौँ । सरकारले डा जागेश्वर गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय जिम्मेवारीबाट हटाएको छ ।



सोमबार राज्यमन्त्रीस्तरीय बैठले डा. गौतमलाई त्यहाँबाट हटाउने निर्णय गरेको हो ।

उनीमाथि आइतबार भत्ताको माग गर्दै पुगेका स्वास्थ्यकर्मी र कर्मचारीमाथि डा. गौतमले प्रहरी बोलाएर कुटपिट गराएको आरोप लागेको थियो ।

 डा. गौतमको स्थानमा डाक्टर रुद्र मरासिनीलाई नियुक्त गरिएको छ । थापाथलीस्थति प्रश्रुती गृहमा सरुवा गरिएको  छ । 

गौतम यसअघि स्वास्थ्य मन्त्रालयको प्रवक्ताको रुपमा कार्यरत थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट