एमालेको स्थायी कमिटी बैठकमा वामदेव गौतम अनुपस्थित-Sutra News

एमालेको स्थायी कमिटी बैठकमा वामदेव गौतम अनुपस्थित

सोमबार, १८ साउन २०७८

सोमबार, १८ साउन २०७८

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटीको बैठक सुरु भएको छ ।



आइतबारको बैठकमा उपस्थित जनाएका पार्टीका नेता वामदेव गौतम आजको बैठकमा भने उपस्थित भएका छैनन् ।

एमाले विवाद सुरु भएपछि अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा वामदेव गौतम नियमित रुपमा उपस्थित भएका छैनन् ।

त्यस्तै आजको बैठकमा माधवकुमार नेपाल समूहका कुनै पनि नेताहरु सहभागी भएका छैनन् ।

आजको बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशन छलफल हुनेछ ।

एमालेको माधव कुमार नेपालका कारण एमाले एकता अगाडी बढ्न नसकेको आरोप ओली पक्षका नेताहरुले लगाएका छन् ।

नेता नेपालले अध्यक्ष ओली बराबरकै हैसियत खोजिरहेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट