माओवादी रोज्ने कुरा ठीक भएन, अब म एमाले नै हो- सांसद विमला ओली [विज्ञप्तिसहित]-Sutra News

माओवादी रोज्ने कुरा ठीक भएन, अब म एमाले नै हो- सांसद विमला ओली [विज्ञप्तिसहित]

सोमबार, १८ साउन २०७८

सोमबार, १८ साउन २०७८

काठमाडौँ ।  लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री ओली एमालेमै फर्किने निर्णय गरेकी छन् ।



सोमबार एक विज्ञप्ति सार्वजनिक गर्दै उनले आफू एमालेमा नै रहने निर्णय गरेकी हुन् ।

उनले सूर्य चुनाव चिह्नबाट चुनाव लडेको र कानुनी रूपमा माओवादी केन्द्र रोज्ने कुरा ठीक नभएको भन्दै एमालेमा रहने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा दाङ क्षेत्रनम्बर ३ (ख)बाट निर्वाचित उत्तर कुमार ओलीको निधन भएपछि उपनिर्वाचन हुँदा उत्तरकी श्रीमती विमला नेकपा उम्मेदवारको रुपमा निर्वाचनमा उठेकी थिइन्। 

1040224281 (1).jpg1040277372.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट