काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवासमा सुरु भएको बैठकमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र याद रहेका छन् ।
आज दिउँसो बसेको सत्तारुढ गठबन्धनको बैठकले सरकार सञ्चालनका सन्दर्भमा तीन वटा विषयमा डकुमेन्ट ड्राफ्ट गरेको थियो ।