उपत्यकामा कोरोनाले भयावह रुप लिँदै, एकैदिन थपिए यति धेरै संक्रमित-Sutra News

उपत्यकामा कोरोनाले भयावह रुप लिँदै, एकैदिन थपिए यति धेरै संक्रमित

सोमबार, १८ साउन २०७८

सोमबार, १८ साउन २०७८

बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा थप सात सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।



जसमध्ये काठमाडौंका पाँच सय ५६, ललितपुरका एक सय १५ र भक्तपुरका ९९ जना संक्रमित छन्।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा देशभर तीन हजार एक सय २५ जना कोरोना संक्रमित थपिएका छन् ।

सोही अवधिमा थप नौ सय २५ जना डिस्चार्ज भएका छन् । हालसम्म ६ लाख ५८ हजार एक सय २२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यही अवधिमा नेपालमा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या नौ हजार आठ सय ९८ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट