अस्ट्रेलियामा बस्ने नेपालीले गरे सिन्धुपाल्चोकका बाढीपीडितलाई सहयोग-Sutra News

अस्ट्रेलियामा बस्ने नेपालीले गरे सिन्धुपाल्चोकका बाढीपीडितलाई सहयोग

सोमबार, १८ साउन २०७८

सोमबार, १८ साउन २०७८

सिन्धुपाल्चोक- अस्ट्रेलियामा बस्दै आएका नेपालीले मेलम्चीका बाढीपीडितलाई सहयोग गरेका छन् । मेलम्ची नगरपालिका–११ स्थायी घर भई हाल अस्ट्रेलियामा बस्दै आएका देवराज दुलालको सक्रियतामा सङ्कलित रकममध्ये रु दुई लाख ७५ हजार मेलम्चीका बाढीपीडितहरुलाई सहयोग गरिएको हो ।



एनआरएनए अस्ट्रेलिया सिड्नी, भिजन फर मोटिभेशन असपाली ग्रुप तथा नेपालीहरुबाट सो रकम सङ्कलन गरी बाढीपीडितहरुका लागि पठाइएको वितरणमा सहजीकरण गर्ने चुडामणि दुलालले जानकारी दिए ।

यसअघि नै एनआरएनएबाट नगरको राहत कोषमा जम्मा गरिएको ८५ हजार र आज ५० हजार गरी रु एक लाख ३५ हजार प्रदान गरिएको छ भने बजार व्यवस्थापन समितिलाई ५० हजार र रेडियो मेलम्चीलाई २० हजार प्रदान गरिएको छ ।

मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याललाई सोमबार चुडामणि दुलाल र योगप्रसाद दुलालले सो सहयोग राशिको चेक हस्तान्तरण गरे ।

सो अवसरमा प्रमुख अर्यालले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरे । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले सहयोग ग्रहण गर्दै रेडियोप्रति सद्भाव राख्ने सबैप्रति आभार प्रकट गरे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट