अमेरिकामा हेलिकोप्टर दुर्घटना, चारको मृत्यु-Sutra News

अमेरिकामा हेलिकोप्टर दुर्घटना, चारको मृत्यु

सोमबार, १८ साउन २०७८

सोमबार, १८ साउन २०७८

लस एन्जेलस- अमेरिकाको दक्षिणी राज्य क्यालिफोर्नियामा आइतबार अपराह्न भएको एक हेलिकोप्टर दुर्घटनामा परी चार व्यक्तिको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।



स्थानीय समय अनुसार आइतबार दिउसो १:१५ बजे क्यालिफोर्निया राज्यको कोलुसा जिल्लामा सो दुर्घटना भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

हेलिकोप्टरमा सवार रहेको चार जना व्यक्तिको नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र प्रत्यक्र्षदर्शीहरुलाई सोधपुछ सुरु गरिएको समाचारमा जनाइएको छ ।

कोलुसा जिल्ला क्यालिफोर्निया राज्यको केन्द्रमा पर्दछ । यस घटनाको विस्तृत विवरण प्राप्त भएको छैन ।  सांकेतिक तस्बिर । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट