अनारका ५ फाइदा-Sutra News

अनारका ५ फाइदा

मंगलबार, १९ साउन २०७८

मंगलबार, १९ साउन २०७८

अनार खानाले मुटु, मस्तिष्क र आँखाको स्वास्थ्य अवस्था राम्रो रहन्छ । दैनिक अनार खाने बानीले मुटुरोगको जोखिम कम हुन्छ । अनारको जुसभन्दा दाना खाँदा हाम्रो स्वास्थ्यलाई झन् बढी फाइदा हुन्छ ।



अनारमा भिटामित ए, क्याल्सियम, भिटामिन बी, प्रोटिन र पोटाशियम भरपुर मात्रामा पाइन्छ । जसले हामीलाई स्वस्थ रहन मद्दत गर्छ ।

अनारले क्यान्सर जस्तो प्राण घातक रोगबाट पनि बचाउँछ । अनारले शरीरमा रगतको कमी हुन दिँदैन र हड्डीलाई पनि बलियो बनाउँछ ।

कोलेस्ट्रोल नियन्त्रण

दैनिक अनार खाँदा शरीरमा कोलेस्ट्रोल जम्मा हुन पाउँदैन । हृदयघात हुनुको मुख्य कारण कोलेस्ट्रोल हो ।

कोलेस्ट्रोलका कारणले मुटुको धमनीमा बोसो जम्मा हुन्छ । जसले राम्रोसँग मुटुमा रक्तसञ्चार हुन पाउँदैन । मुटुमा पर्याप्त मात्रामा रक्तसञ्चार नहुँदा हृदयघातको समस्या उत्पन्न हुन्छ । अनारले अनावश्यक कोलेस्ट्रोललाई नियन्त्रणमा राख्छ ।

तनावरहित

धेरै नै तनावपूर्ण अवस्था भएको खण्डमा अनार खानाले राहत मिल्छ । दैनिक रुपमा अनार खानाले तनावपूर्ण अवस्थाबाट केहि हदसम्म आराम मिल्छ ।

पेट रोग

दैनिक रुपमा पेटमा गडबढ हुने व्यक्तिले प्रत्येक दिन अनार खानुपर्छ । अनारमा भएका पौष्टिक तत्वहरुले पेटसँग सम्बन्धित समस्याबाट छुटकरा दिन्छ । अनारको पातलाई उमालेर पिउनाले पाचन शक्तिलाई बलियो बन्छ । हामीले अनारको पातलाई चिया बनाउँदा पनि प्रयोग गर्न सक्छौं ।

मुटुरोगको लागि उपयुक्त

एक वर्षसम्म लगातार अनारको एक गिलास जुस पिउनाले मुटुरोगको जोखिम न्युनिकरण हुन्छ । कसैलाई मुटुरोग भए अनारको सेवनले ३० प्रतिशत रोगलाई निर्मूल पार्न सकिन्छ ।

क्यान्सरबाट बचाउँछ

अनारमा एन्टिअक्सिडेन्ड गुण हुन्छ । स्तन क्यासर हुने जोखिम भएका व्यक्तिले दैनिक अनारको जुस पिउँदा फाईदा हुन्छ । अनारले क्यान्सर जस्तो प्राण घातक रोगसँग लड्न मद्दत गर्छ । अनुवाद 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट