काठमाडौं- संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको आठौँ अधिवेशनको छैटौँ बैठक मंगलबार बस्दैछ । आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।
संघीय संसद्का महासचिव भरतराज गौतमकाअनुसार आजको बैठकका दुईवटा सम्भावित कार्यसूचीहरू रहेका छन् ।
पहिलो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६/०७७ को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने रहेको छ ।
दोस्रो कार्यसूचीमा तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दार्चुला क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य अकबरबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गर्ने रहेको छ ।
हाल नेपाल कांग्रेसमा रहेका सिंह ९० वर्षको उमेरमा गत साउन १५ गते निधन भएको थियो ।