काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच आज भेटवार्ताको तयारी भएको छ ।
पार्टी विवाद समाधान प्रयासस्वरूप अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ताको तयारी भएको हो । तर समय र स्थान तय भइनसकेको एक नेताले बताए ।
पछिल्लो समय नेता नेम्वाङ, उपमहासचिव बिष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डेलगायतका नेताहरुले दुबै नेताको भेटघाटको वातावरण बनाउन सक्रिय थिए ।
कार्यदलले बनाएको १० बुँदे सहमतिलाई हेरफेर आवश्यक भए त्यसलाई परिमार्जन गरेरै भए पनि पार्टी एक ढिक्का भएको सन्देश दिन ओली र नेपाललाई दोस्रो तहका नेताहरुको दबाब छ ।