अत्याधुनिक हतियारसहित २ भारतीय नागरिक पक्राउ-Sutra News

अत्याधुनिक हतियारसहित २ भारतीय नागरिक पक्राउ

मंगलबार, १९ साउन २०७८

मंगलबार, १९ साउन २०७८

अत्याधुनिक हतियारसहित दुईजना भारतीय नागरिक प्रहरीको नियन्त्रणमा परेका छन् ।



पक्राउ पर्नेमा भारतको सिद्धार्थ नगर पन्चायत- ३ निवासी करमुल्हाल आमिर र राजा खाँन रहेका छन् ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले आइतवार बेलुकी करिब ५ बजे पक्राउ गरेको हो ।

प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालका अनुसार उनीहरुलाई पेस्तोल,त्यसमा लाग्ने दुईवटा म्याग्जीन र दुई राउन्ड गोलीसहित पक्राउ गरिएको हो ।

उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट