व्यवसायी स्वास्थ्य राज्यमन्त्रीले गरेको डाक्टरको सरुवा प्रधानमन्त्रीले रोके-Sutra News

व्यवसायी स्वास्थ्य राज्यमन्त्रीले गरेको डाक्टरको सरुवा प्रधानमन्त्रीले रोके

मंगलबार, १९ साउन २०७८

मंगलबार, १९ साउन २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीले गरेको सरुवा रोकेका छन् ।



देउवाले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीरका प्रशासकीय अधिकारी प्रा.डा.जागेश्वर गौतमसहित ४ जना स्वास्थ्य अधिकारीको सरुवा रोक्न निर्देशन दिएका हुन् ।

सोमबार स्वाथ्य मन्त्रालयको राज्यमन्त्री स्तरीय निर्णय गरी चार स्वास्थ्य अधिकारीको सरुवा गरिएको थियो ।

कोभिड–१९ युनिफाइड केन्द्रीय वीर अस्पतालका प्रमुख गौतमलाई परोपकार प्रसूति अस्पतालमा सरुवा गरिएको थियो।

उनीमाथि आइतबार भत्ताको माग गर्दै पुगेका स्वास्थ्यकर्मी र कर्मचारीमाथि डा. गौतमले प्रहरी बोलाएर कुटपिट गराएको आरोप लागेको थियो ।

 डा. गौतमको स्थानमा डाक्टर रुद्र मरासिनीलाई नियुक्त गरिएको थियो । 

गौतम यसअघि स्वास्थ्य मन्त्रालयको प्रवक्ताको रुपमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट