जिल्ला प्रशासन कार्यालय काठमाडौँले किन दियो यस्तो चेतावनी ?-Sutra News

जिल्ला प्रशासन कार्यालय काठमाडौँले किन दियो यस्तो चेतावनी ?

मंगलबार, १९ साउन २०७८

मंगलबार, १९ साउन २०७८

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने भन्दै  विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुसजस्ता भिडभाडजन्य क्रियाकलापमा सहभागी नहुन आग्रा गरेको छ ।



मंगलबार एक अपिल जारी गर्दै प्रशासनले यस्तो आग्रह गरेको हो ।

‘निषेधाज्ञा जारी रहेको तथा संक्रमणको जोखिम उच्च रहेको वर्तमान अवस्थामा विभिन्न समूहबाट भिडभाडजन्य क्रियाकलाप गर्ने, विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, -यालीजस्ता गतिविधिमा संलग्न रहने, तोकिएको स्वास्थ्य मापदण्डको परिपालना नगर्ने, भौतिक दूरी कायम नगरी अव्यवस्थित रुपमा सार्वजनिक गतिविधि सञ्चालन गर्नाले कोभिड–१९ को संक्रमण दर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकोले स्वास्थ्य मापदण्ड विपरीत यस्ता गतिविधिहरु नगर्न÷नगराउन सबै पक्षलाई सूचित गरिन्छ ।’ सूचनामा भनिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट