पुष्पलाई फिक्का स्वागत !-Sutra News

पुष्पलाई फिक्का स्वागत !

मंगलबार, १९ साउन २०७८

मंगलबार, १९ साउन २०७८

पुष्प खड्का कलिउडमा लामो रेसको घोडा भनेर चिनिने गर्छन् ।



म्युजिक भिडियोदेखि आफ्नो चलचित्र यात्रा सुरु गरेका पुष्पले यतिबेला आफ्नो करियरको राम्रो समय बाँचिरहेका छन् ।

केही समयअगाडी मात्र उनले कार खरिद गरेका थिए । उनले गाडी खरिद गरेको समाचार सामाजिक सञ्जालमा के फैलिएको थियो, एक समूह जति जो कहाँ के हुन्छ र त्यसको विरोध गर्छु भनेर पर्खिनेले आफ्ना सामाजिक सञ्जालको व्यक्तिगत अकाउन्टबाट उनलाई खिस्याएका थिए ।

यस्तै एक गीत सार्वजनिक गर्ने कार्यक्रममा पुगेका पुष्पले आफुलाई खिस्याउनेलाई राम्रै जवाफ दिएका छन् । उनले आफूलाई गाडी किन्दा पनि ठुलो उपलब्धि लागेको र शायद यो कुरा जसलाई उपलब्धि लागेन उनीहरुले मजाक बनाएको बताएका छन् ।

उनले यस्ता उपलब्धिले जसले यो क्षेत्रमा पैसा छैन, अथवा कमाउन सक्दैन भन्नेलाई जवाफ र नयाँ आउनेलाई प्रेरणा दिने समेत बताएका छन् ।

यस्तै सोहि कार्यक्रममा देखिएको एक रोचक पक्षको बारेमा पनि कुरा गरौँ । अरु नायक नायिका आउँदा हुलमूल देखिने यस्ता समारोहमा त्यस दिन भने केही खल्लो देखियो ।

पुष्प भित्र आउँदा कसैले थाहा पाएनन्, किन भएको छ त यस्तो ? मिडियाले उनलाई कभर किन गर्न खोजेन ? उनले अरुले जस्तो विवाद नदिने भएर उनको पछि नलागेका पो हुन् कि मिडिया ? पुष्पको अभिनय र उनले हरेक काममा देखाउने मेहेनतको कमै तारिफ हुन्छ कलिउडमा ।

संधै होहल्ला अनि नक्कली चमकको पछाडी मात्र लगेर कुनै अर्थ भने लाग्दैन । यसरी कार्यक्रममा पुष्प आफ्नो दिनभरिको सुटिंग सक्काएर पुगेका थिए । यस्ता कुरा कमै मात्र सुनिन्छन्, कलाकार एक गीतको सार्वजनिक कार्यक्रममा पनि आफ्नो सुटिंग सकेर निर्मातालाइ साथ दिन पुगे । अनि यस्ता कुरा अनेकन बहाना गरेर निर्माताको लाखौ लगानीको बेपर्वाह गर्ने कलाकारले अनुसरण गर्नु जरुरी छ ।

कलाकारको करियर उसले गर्ने मेहेनत र क्षमताबाट मापन हुने हो भने पुष्पका यो भन्दा नि राम्रो करियर उनलाई पर्खदै छ भन्दा फरक नपर्ला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट