काठमाडौं- सोमबार देशभर ३२ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १०,६३८ पीसीआर गर्दा २,४४८ र ६,०८० एन्टीजेन परीक्षण गर्दा ९३५ जनामा संक्रमण पुष्टि भएको हो ।
आज १,९९४ जना संक्रमणमुक्र भएका छन् भने संक्रमण्को कारणले २४ जनाको निधन भएको छ ।
हाल सक्रिय संक्रमितको संख्या ३२ हजार ५९ जना रहेको छ । जसमध्ये होम आइसोलेसनमा २९ हजार २२ र ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
देशभर ६८६ जना आइसीयू र १६२ जना भेन्टिलेटरमा उपचारत रहेका छन् ।