काठमाडौं उपत्यकामा ९०४ जना संक्रमित-Sutra News

काठमाडौं उपत्यकामा ९०४ जना संक्रमित

मंगलबार, १९ साउन २०७८

मंगलबार, १९ साउन २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९०४ जनामा कोभिड-१९ पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा ६१३, ललितपुरमा १७७ र भक्तपुरमा ११४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर १,९९४ जना संक्रमणमुक्र भएका छन् भने संक्रमणको कारणले २४ जनाको निधन भएको छ ।

हालसम्म नेपालमा ७ लाख ६५ हजार ८१५ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै ६ लाख ६० हजार ११६ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार ९२२ जनाको संक्रमणको कारणले निधन भएको छ । नेपालमा कोरोना निको हुने दर ९४ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट