अभिनेत्री गरिमा पन्त आमा बनिन्, छोरी कि छोरा ?-Sutra News

अभिनेत्री गरिमा पन्त आमा बनिन्, छोरी कि छोरा ?

मंगलबार, १९ साउन २०७८

मंगलबार, १९ साउन २०७८

काठमाडौं- नेपाली अभिनेत्री गरिमा पन्त आमा बनेकी छन् । उनले छोरीलाई जन्म दिएकी हुन् । उनको छोरीको नाम प्रिषा राखिएको छ ।



आफू आमा बनेको उनले सामाजिक संजाल मार्फत जानकारी दिएकी छन् । उनले श्रीमान्को साथ बच्चासँगै रहेको एक तस्बिर पोष्ट गर्दै सामाजिक संजालमा लेखेकी छन् ‘तिम्रो आगमनले हामी धन्य अनि भरिपूर्ण भएका छौं । छोरी प्रिषा, मितिलाई यो सुन्दर धर्तीमा स्वागत ।’

आमा बनेकी गरिमालाई सामाजिक संजालमा थुप्रैले बधाई दिएका छन् । हाल अमेरिकामा बस्दै आएकी गरिमाले आफू गर्भवती भएको खबर पनि सामाजिक सञ्जालमार्फत केही अगाडि सार्वजनिक गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट